पहिलो पटक चिलीको पोल्टामा कोपा अमेरिकाको उपाधि


 


एजेन्सी, असार २०
timthumbचिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनालाई हराउँदै उसले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । चिलीले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई चार शुन्यले हराएको हो ।
 चिली यसअघि चार पटक फाइनलमा पुगेपनि रित्तो हात घर फर्कन बाध्य हुन्थ्यो ।  अर्जेन्टिनाका हिगुइन र बेनेगाले बललाई जाली चुमाउन नसक्दा साच्चेजले चिलीको लागि विजयी गोल गरेका थिए ।
हिगुइनले हानेको बल पोलबाट बाहिर गएको थियो भने बेनेगाको प्रहार चिलीका किपर ब्राभोले रोकेका थिए ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्