इङल्याण्ड महिला विश्वकप फुटबलको तेस्रो स्थानमा


 


काठमाडौं, असार २०

 

जर्मनीलाई हराउँदै इंग्लण्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थान हात पारेको छ ।

क्यानडामा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इंग्लण्डले जर्मनीलाई १-० ले हरायो ।

खेलमा इंग्लण्डलाई विजयी गराउन फरा विलियम्सले अतिरिक्त सयममा पेनाल्टीमार्फत निर्णायक गोल गरिन् ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

जितसँगै इंग्लण्डले महिला विश्वकप फुटबलमा तेस्रो स्थान ओगट्दै अहिलेसम्मकै ठुलो सफलता हात पारेको छ ।

महिला विश्वकप फुटबलको फाइनल खेलमा सोमबार विहान साविक विजेता जापान र साविक उपविजेता अमेरिका भिड्ने छन् ।

चार वर्ष अघि जर्मनीमा सम्पन्न फाइनल खेलमा अमेरिकालाई हराँउदै जापानले उपाधि उचालेको थियो ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्