घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ


 


नवलपरासी, असार २०

उपभोक्ता समितिको काम मिलाइ दिने भन्दै घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाई विकास  डिभिजन कार्यालय नं. ७ का  दुई इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय वुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाइ योजनाको काम गरिदिने भन्दै ५६ हजार रुपैंया घुस लिएको आरोपमा इन्जिनियरहरु इश्वरी प्रसाद ढकाल र योगेन्द्र मिश्रलाई कार्यकक्षबाटै रंगेहात पक्राउ  गरेको हो  ।

पक्राउ परेका दुवै जनालाई बुटवल लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्