पुुसमा टक्सार महोत्सव हुने


 


5भोजपुर, असार २१

भोजपुरको एेतिहासिक ठाउँ टक्सार बजारमा टक्सार महोत्सब हुने भएको छ । अागामी पुस १० गतेबाट १७ गतेसम्म महोत्सब हुन लागेको हो । टक्सार खानी अड्डाको स्थापना भएको दुई सय बर्षको अवसर पारेर दैशतबार्षिकी टक्सार महोत्सव २०७२ हुन लागेको महोत्सव अायोजक प्रचार समितिका संयोजक रमेश शाक्यले बताए ।

टक्सार एेतिहासिक ठाउँ भए पनि अोझेलमा परेको भन्दै दुई सय बर्ष पुगेको अवसर पारेर महोत्सव गर्न लागिएको हो । शाहवंशीय राजा गीवार्णयुद्ध शाहको कार्यकालमा १८७२ मा स्थानीय भीमसेन स्थानको परिसरमा टक्सार खानी अड्डाको स्थापना भएपछि तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन थालेको थियो ।

एक हप्ता सम्म चल्ने महोत्सवमा ५० लाख बराबर खर्च हुने अायोजकले बताएका छन् । महोत्सवले रुग्ण रहेको टक्सार बजारको सुधार हुने अायोजकको अाशा छ । टक्सारको इतिहासको प्रचार प्रसार पर्यटकियस्थलको विकास धार्मिक एंव सांस्कृतिक सम्पदाको संरक्षण संवर्दन गर्नका लागि महोत्सम अायोजना गरिएको महोत्सव मूल अायोजक समाराेहका संयोजक गणेश बज्रचार्यले बताए ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्