प्रधानमन्त्री निर्वाचन आज, अवरोधकाबीच यसरी निर्णय लिन सक्छिन् सभामुख




काठमाडौं, जेठ २१
व्यवस्थापिका संसद्ले प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ । तर, दोस्रो ठूलो नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसद्मा अवरोध जारी राखेको छ ।

एमालेको निर्णयले आज हुने प्रधानमन्त्री निर्वाचन अन्योलमा छ । कानूनविद्हरुका अनुसार संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन् ।

संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए । तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्