नेपालले दोश्रो अभ्यास खेलमा आज युएईसँग खेल्ने


 


काठमाडौं, असार २२

ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट खेलका लागि आयरल्याण्डमा रहेको नेपाली टोलीले आज आफ्नो दोश्रो अभ्यास खेलमा युएईसँग खेल्दैछ । आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

नेपालले यसअघि सोमबार ओमनसँग अभ्यास खेल खेलेको थियो । ओमानसँगको खेल वर्षाका कारण विचमै रद्द भएको थियो । यस्तै युएईले पनि सोमबार आयरल्याण्डसँग अभ्यास खेल खेल्ने तय भएपनि वर्षाका कारण खेल सुरुनै हुन सकेन् ।

बिहीबारदेखि सुरु हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ भने युएई समुह बिमा रहेको छ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्