कांग्रेसबाट पहिलो चरणमा मन्त्री बन्नेको नाम टुंगो लाग्यो


 


काठमाडौं, जेठ २४
नेपाली कांग्रेसबाट पहिलो चरणमा मन्त्री बन्नेको नाम टुंगो लागेको छ । गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि कांग्रेसबाट उपप्रधानमन्त्रीमा श्रेष्ठ र मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई शथप खुवाउने तयारी भएको छ ।

कांग्रेस निकट स्रोतका अनुसार महेश आचार्य र फर्मुलाह मन्सुर पनि पहिलो चरणमै मन्त्री हुने सम्भावना बलियो छ ।

दोस्रो चरणको चुनावअघि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा रहेका देउवाले श्रेष्ठ र कार्कीलाई दिने मन्त्रालयबारे निर्णय गरिसकेका छैनन् ।

स्रोतका अनुसार कार्कीलाई अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने तयारी छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्