अभ्यास खेलमा नेपाल २० रनले पराजित


 


काठमाडौँ, असार २२

Nepal-Vs-UAEविश्व टि २० क्रिकेट छनौटको अभ्यास खेलमा नेपाल युएईसँग डकवर्थ लुइस मेथड अन्तर्गत २० रनले पराजित भएको छ।  टस जितेर ब्याटिङ रोजेको नेपालका सुरुवाती ब्याट्सम्यान जम्न सकेनन्। सुवास खकुरेल र सागर पुन मात्र १ रन बनाएर आउट भए।

कप्तान पारस खड्का एक चौकासहित पाँच बलमा पाँच रन बनाएर फर्किए भने राजेश पुली १ र विनोद भण्डारी ० मा आउट भए। ज्ञानेन्द्र मल्लले २८ बल सामना गरेर १३ रन बनाए भने प्रदीप ऐरीले १९ बलमा १३ रन बनाए।

सोमपाल कामीले सात बलमा सात रन बनाए। नेपालको तर्फबाट सबैभन्दा बढी शरद् भेषावकरले ३७ बलमा ३८ रनको योगदान दिए जसमा दुई चौका र एक छक्का सामेल थियो।

वर्षाका कारण दुई ओभर घटाएर १८ रनमा सीमित पारिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८४ रन मात्रै बनाउन सक्यो। १४ ओभरमा दुई विकेटको क्षतिमा ८१ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो।

त्यसपछि डक वर्थ लुइस मेथड अनुसार युएईलाई २० रनले विजयी घोषित गरिएको थियो।  जितेन्द्र मुखिया र सागर पुनले एक एक विकेट लिएका थिए।

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्