दुई बर्ष अघि भोजपुरका उम्मेदवारले यसो भनेका थिए


 


२०७० साल मंसीर ४ गते दोस्रो संविधान सभाको निर्वाचन भएको थियो । दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा त्यतिवेला कुल ९० हजार नौ सय ४२ मतदाता थिए । ६३ गाविसमध्ये ३२ गाविस क्षेत्र नं १ र ३१ गाविस क्षेत्र नं २ मा रहेको भोजपुरमा १७ दलका २८ उम्मेदवार चुनावी मैदानमा थिए । क्षेत्र नं १ मा १५ दल र २ मा १३ दलले चुनावमा सहभागिता जनाएका थिए । त्यतिबेला जिल्लाको प्रमुख चार दलका उम्मेदवारलाई हामीले तपाईको चुनावको तयारी, जित्ने आधार, एजेण्डा के छ ? भनेर सोधेका थियौं । जवाफ उनिहरुको यस्तो थियाे

कृपासुर शेर्पा क्षेत्र नं १ नेकपा एमाले

एमालेलाkirpasur serpaई जिताउन सम्पूर्ण कार्यकर्ता पंक्ति एकजुट भएर मतदाताको घरदैलोसम्म पुगेका छन् ।  यो कार्य निरन्तर चलिरहन्छ । टोलटोलमा चुनावी सभा गर्दे हिडेका छौ ।

मतदाताको घरदैलोमा पुगेर उनिहरुको चाहानालाई बुझेको छु । यस क्षेत्रमा लामो समयदेखीको मैले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दे आएको छु ।

यो नै मेरो जीतको पहिलो आधार हो । तलब भत्ता यही क्षेत्रको विकासमा खर्चिने प्रतिबद्धता जनाइसकेको छु । बहुपहिचान सहितको संघियता नै प्रमुख एजेण्डा हो । विकास निर्माण, शिक्षा, स्वास्थ्य जस्ता कुरा अघि सारेको छु ।

अघिल्लो संविधानसभामा डर, धम्की, त्रास थियो तर अहिले त्यो अवस्था छैन् । मेरो प्रतिस् पर्धा एमाओवादीसँग हुन्छ ।

खेमराज नेपाली, क्षेत्र नं १, एकिकृत माओवादी
Khemraj nepaliयतिबेला एकिकृत माओवादीका संगठित सदस्यहरु आफ्ना उम्मेदवारलाई जिताउन लागि परेका छन् । प्रचार प्रसार, घरदैलौ र गाउस्तरिय आमसभा गर्दे हिडेका छौ ।

पहिचान सहितको संघीयता नै मुख्य एजेण्डा हो । यो एजेण्डाले सबै उत्पीडित जनताको हकअधिकार सुनिश्चित हुन्छ । अन्य दलले विकास निर्माणका कुरा गरेका छन् ।

मैले यो चुनाव भनेको संविधानसभाको हो र यसले संविधान बनाउँछ भनेर बुझाउने गरेको छु । विगत संविधानसभामा भएका गल्तीहरुबाट पाठ सिक्दै अगाडी बढ्न सकिन्छ भनेर जनतालाई बुझाउने कोशिस गरेको छु ।

यो क्षेत्रमा यस अघि पनि हाम्रो पार्टीले विजय गरेको थियो र यसपाली पनि जित्ने निश्चित छ । मेरो प्रतिस्पर्धा क्रमशः नेपाली कांग्रेस र एमालेसँग हुन्छ ।

धर्मराज राई, क्षेत्र नं १ नेपाली कांग्रेस

Dharma raj raiप्रचार प्रसारलाई निरन्तरता दिईरहेको छु । जनताको घरदैलोमा पुग्दा जनताबाट धेरै उत्साही भएको छु ।

यसअघिको निर्वाचनमा माओवादीले जीत हासिल गरेको यो क्षेत्रमा उस्ले कुनै पनि उल्लेख्य काम नगरेकाले जनमत कांग्रेसमा फर्केको महसुस भएको छ ।

स्थानीयस्तरका विकास निर्माण, शान्ति सुरक्षका लगायतका कुरालाई प्राथमिकतामा राखेको छु । म यस क्षेत्रका लागि पाहुना नेता नभएर बर्षाेदेखी गाउँघर घुमेको कारणले मेरो जीत निश्चित छ ।

मेरो प्रतिस्पर्धा एमाले, एमाओवादीसँग हुन्छ ।

अजम्बर राई काङमाङ, क्षेत्र नं १ संघिय समाजवादी पार्टी

पार्टी स्थापAjambar rai kangmangना भएको एक वर्ष नपुग्दै संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिन लागिरहेका छौं । यस विचमा हामी संगठन विस्तारका साथै चुनावी प्रचार प्रसारमा गाउँ गाउँसम्म पुगेका छौ ।

पहिचानसहितको संघियता, समानता नै अहिलेका मुख्य एजेण्डा हुन् । यो एजेण्डा स्थापित गराउन सम्पूर्ण पार्टी पंक्ति लागेका छौ । जीत्ने आधार बलियो बनेको छ ।

हाम्रो प्रतिस्पर्धा एमाओवादी र एमालेसँग हुन्छ । कांग्रेस त गाउँमा खासै देखिएन हौं ।

शेरधन राई, क्षेत्र नं २ नेकपा एमाले

३१ गाsherdhan raiविस रहेको यस क्षेत्रका सबै ठाउमा चुनावी सभा सम्पन्न भईसकेका छन् । मतदाताको घरदैलोमा पुगेर उनिहरुको गुनासो, चाहाना सबै बुझ्ने काम भईसकेको छ ।

बहुपहिचानमा आधारित संघियता नै एमाले पार्टीको मुख्य एजेण्डा हो । यसका साथै विकास निर्माण, भौतिक पूर्वाधार, यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका कुराहरु अघि सारेको छु ।

दुई दशक लामो राजनीतिक यात्रामा कहिल्यै अवसरको खेती नगरेकोले मतदाताले मलाई चाहेका छन् । यसअघिमाओवादीले जीतेर केही गर्न सकेन । त्यसैले हाम्रो किल्लाको साख फर्कने छ । प्रतिस्पर्धा एमाओवादीसँग हुन सक्छ ।

सुदन किराँती, क्षेत्र नं २ एकिकृत माओवादी

चुनावकोsudan rai तयारी व्यापक छ । गाउँ गाउँ पुगेर आफ्ना कुराहरु राख्ने गरेका छौं । पहिचान सहितको संघियता नै मुख्य एजेण्डा हो ।

यस अघि पनि मलाई यसै क्षेत्रबाट जनताले जिताएर पठाएका थिए । कार्यकर्ता गाउँ गाउँमा परिचालित भएकमा छन् । अन्य दलको भन्दा एमाओवादीको एजेण्डा फरक र यथार्थ छ त्यसैले अहिले पनि मेरो जीत निश्चित छ ।

प्रतिस्पर्धा यहीसँग हो भनेर अहिले नै नभनौ ।

बालकृष्ण थापा, क्षेत्र नं २ नेपाली कांग्रेस

चुनाव प्रचाBal Krishna Thapaरको अभियानमा अहिले पनि म गाउँमा नै छु । यस अघिको चुनावमा कांग्रेसले यो क्षेत्रमा तेस्रो हुनु परेको थियो ।

अहिले माहोल बढदै जान थालेको छ । यो माहोलले जित्ने आधार बन्दै गएको छ । स्थानीय विकास निर्माणलाई मैले प्राथमिकतामा राखेको छु ।

एमाओवादीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसअघि माओवादीले जितेर पनि केही गर्न नसेकेकाले मतदाता उ प्रति रुष्ट बनेको पाईयो । त्यसैले यो पटक प्रतिस्पर्धा एमालेसँग हुन्छ ।

आश कुमार राई, क्षेत्र नं २ संघिय समाजवादी पार्टी

चुनावी अभियानलाई तिब्रता दिईएको छ । भर्खरै स्थापित पार्टी भएकाले Asha kumar Raiसंगठन निर्माण कार्य अगाडी बढेको छ ।

पहिचान सहितको संघियता नै मुख्य एजेण्डा हो । एजेण्डाको हिसाबले हामीले चुनाव जित्ने निश्चित छ । अन्य दलले विभिन्न विकासका कुरा अघि सारेका छन् ।

हामीले पहिचानको कुरालाई स्थापीत गराउन लागेका छौ । कार्यकर्ता पंक्तिबाट राम्रो सहयोग भएको छ । राम्रो जनमत पाएका छौ । मेरो प्रतिस्पर्धा एमाओवादीसँग हुन्छ ।

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्