प्रहरी सहायक निरीक्षक खुल्यो


 


काठमाडौं, असार २३

नेपाल प्रहरीले रिक्त रहेका प्रहरी सहायक निरीक्षकको पदमा दरखास्त आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ५३ जना आवश्यक रहेको भन्दै दरखास्त आव्हान गरेको हो ।

खुल्लामा ८२ जना, अमर र असक्त प्रहरीका परिवारबाट ३ जना, आदिवासी जनजातिबाट २१ जना, मधेसीबाट १९ जना, महिलाबाट १४ जना, दलित बाट १०  जना, पिछडिएका क्षेत्रबाट ४ जना गरी १ सय ५३ जना प्रहरी सहायक निरीक्षकको माग प्रहरीले गरेको छ ।
२०७२ साउन १ गतेबाट २०७२ साउन ३० गतेभित्र दरखास्त आवेदन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी, पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, अञ्चल प्रहरी कार्यलयहरु मेचीको चन्द्रगढी, कोशीको धरान, सगरमाथाको राजविराज, जनकपुर, नारायणीको विरगञ्ज, बाग्मतीको बनेपा, लुम्बिनीको भैरहवा, धवलागिरीको वाग्लुङ, राप्तीको तुल्सीपुर, कर्णालीको जुम्ला, भेरीको नेपालगञ्ज, सेतीको धनगढी, महाकालीको महेन्द्रनगर, जुनियर प्रहरी अधिकृत शिक्षालय मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र वुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्ज र  सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी कार्यालयहरुमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
२०७२ असार २३ गते   निकालिएको विज्ञापन रिक्त रहेका पदहरुका लागि नयाँ आवेदन माग गरेको प्रहरीको सुचनामा जनाइएको छ।
अावेदनका लागि अन्य आवश्यक योग्यताहरुः–
क) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।
ख) मानव अधिकार र मानवीय कानुनको उल्लङघनमा सजाय नपाएको ।
ग) राजनीतिक दलको सदस्य नरहेको ।
घ) आतङ्ककारी संगठनको सदस्य नरहेको ।
ङ) उचाई, छाती र तौलः
पुरुषः उचाई घटीमा ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च, तौल कम्तीमा ५० के.जी.
महिलाः उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
च) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
छ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ।
(परीक्षा सञ्चालनको क्रममा प्रारम्भिक÷विस्तृत÷विशेष स्वास्थ्य परिक्षण परीक्षामा हुने )
 दरखास्तका साथ समावेश गर्नुपर्ने कागजातहरुः–
क) नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
ख) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो ५ प्रति ।
ग) आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र (प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजिनल प्रमाण–पत्र र मार्कशिट सहित) तथा नेपाल बाहिर अध्ययन गरेको हकमा त्रि.वि.वि.बाट समकक्षता निर्धारणको प्रमाण पत्र (भ्त्रगष्खबभिलत ऋभचतषष्अबतभ) को प्रतिलिपि १÷१ प्रति ।
घ) आदिवासी र जनजातिको लागि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान वा जिल्ला प्रशासन कार्यालयबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
ङ) दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
च) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सुचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण–पत्रको प्रतिलिपि ।
छ) पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोवास गरी सम्वन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण पत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाको वखत सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
ज) दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनि उम्मेदवार स्वयंले दस्तखत गरी प्रमाणित गर्नु पर्ने छ ।
झ) अमर र अशक्त प्रहरी परिवारको लागि अमर र अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र (प्रहरी नियमावली २०७१ (संशोधन सहित) निमय २ (क) र (ढ) को परिभाषा भित्र पर्ने) ।
  1.  परीक्षा विधिः–
प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा, विस्तृत स्वास्थ्य परिक्षण परीक्षा, लिखित परीक्षा, विशेष स्वास्थ्य परिक्षण परीक्षा र अन्तर्वार्ता ।
नोटः उमेरको हकमा भने दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी कर्मचारीको हकमा ३० वर्ष ननाघेको, प्रहरी जवान आधारभूत तालिम गरेको प्रमाण पत्र पेश गर्नुपर्नेछ र बहालवला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा २५ वर्ष ननाघेको हुनु पर्छ।

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्