फाइनल हार्दा मेसीको यस्तो पीडा


 


एएफपी
mesiब्युनस आयर्स- अर्जेन्टिनी फुटबल समर्थकको आलोचनापछि लियोनल मेसीले कोपा अमेरिकाको फाइनलमा हार्दा पीडा भएको बताएका छन्। चिलीसँग आइतबार बिहान सम्पन्न फाइनलपेनाल्टी सुटआउटमा ४–१ ले गुमाएपछि खासै प्रतिक्रिया नदिएका मेसीले अन्ततः आफ्नो भनाइ सोमबार साँझ फेसबुक पेजमा पोस्ट गरेका छन्।
‘फाइनलमा हार्नु जस्तो पीडा फुटबलमा अरु छैन,’ मेसीले भने, ‘तर, हामीलाई कठिन क्षणमा पनि सदैव सहयोग गर्नुहुने सम्पूर्ण समर्थकलाई धन्यवाद भन्न छोड्दिनँ।’
२८ वर्षे मेसीसम्मिलित अर्जेन्टिनी टोलीले विश्वकपमा एक तथा कोपा अमेरिकामा दुईपटक फाइनलमा पराजय भोगेको छ। उनी बार्सिलोनामा जस्तो प्रदर्शन राष्ट्रिय टोलीबाट नगरेको भन्दै आलोचित छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा बार्सिलोनाबाट जस्तो सफलता पाउन नसकेको तथ्यांकले पनि आलोचकको आरोप बलियो बन्ने गरेको छ।
गतवर्ष विश्वकपफाइनलमा जर्मनीसँग पराजित अर्जेन्टिनाले ठूलो प्रतियोगितामा उपाधि नजितेको २२ वर्ष भइसकेकोछ।
कोपामाहारपछि मेसीको अनुहार मलिन थियो। केही स्पेनिस सञ्चारमाध्यमका अनुसार उनले ‘प्रतियोगिताका उत्कृष्ट खेलाडी’ को उपाधि लिन अस्वीकार गरेको जनाएका छन्। सान्टियागोमा उपाधि वितरण सत्रअघि उक्त उपाधि हटाइएको थियो।
मेसी लगायत अन्य स्टार खेलाडीको प्रदर्शनलाई लिएर अर्जेन्टिनाका सञ्चारमाध्यमहरूले कडा आलोचना गरेका थिए। त्यस्तै मेसीको परिवारलाई चिलीका समर्थकले अभद्र व्यवहार गरेको अर्जेन्टिनी जनाइएको छ।
केही विश्लेषकले मेसी राष्ट्रिय टोलीबाट टाढिन सक्ने चेतावनी दिएका छन्। ‘एकदिन यो केटो थाक्ने छ र टोलीमा आएर खेल्न चाहँदैन,’ अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी माटिएस अल्मेडाले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनलाई यस्तो व्यवहार गर्नु उपयुक्त हुँदैन।’
बार्सिलोनालाई सबै मुख्य उपाधि जिताएका मेसीको यो सिजन उत्कृष्ट रह्यो,’ अल्मेडाले भने, ‘तर, क्लबको जस्तै प्रदर्शन राष्ट्रिय टोलीमा दोहोर्यापउन निकै कठिन हुन्छ।’

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्