राष्ट्रपति उपराष्ट्रपतिको तलब सुविधा कति ?


 


काठमाडौं, असार ६

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

‍राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रूपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ।

राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ५० हजार ४ सय ५० रूपैयाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रूपैयाँ उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ८ हजार तीस रूपैयाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रूपैया उपलब्ध गराइने गरी विधेयक पारित भएको छ।

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार ३ सय र विदेश भ्रमण गर्दा दैनिक भत्ता स्वरूप २५ हजार रूपैयाँ प्रदान गरिने उल्लेख छ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। यस्तै चाडपर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले आफूले खाइ पाइ आएको एक महिनाको पारिश्रकिम बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा उपलब्ध गराइने भएको छ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्