धरानमा मतगणना अझै अवरुद्ध, खास कारण के हो ?



इटहरी, असार २१

धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।

मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् ।

धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो ।

मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन् ।

मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोहि पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएको छ ।

प्रमुखमा काँग्रेसका रोहित प्रसाईंले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याएर पन्छाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News