बैसाखीको सहारामै शिक्षाको ज्योती फैलाउँदै हेडसर


 


भोजपुर, असार २८
head sirगहुँगोरो अनुहार । अग्लो ज्यान । मिजोसिलो स्वभाव । भूल्के गाविस—४ का ३४ वर्षिय एकनाथ ढकालको सामान्य चिनारी हो यो । ढकाल त्यस्ता ब्यक्ति हुन् जो, बैसाखीको सहारामा शिक्षाको ज्योति फैलाईरहेका छन् ।

उनी दाँया बायाँ काखीमा बैशाखी टेक्दै दैनिक बिद्यालय धाउँछन् । १४ वर्षदेखी यसरी नै उनले शिक्षाको ज्योती फैलाईरहेका छन् । योग्यता क्षमता र प्रतिभा भए शारिरीक रुपमा अशक्त भएपनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने त्यस्ता व्यक्तिमा ढकाल पर्छन् जो, आफू अपाङ्ग भएर पनि साङ्ग विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छन् ।
ढकाल भूल्केस्थित गैयाँदेवी प्राविका प्रधानाध्यापक (हेडसर) हुन् । उनि यहाँ हेडसर भएको त्यति लामो समय भएको छैन् । २०७१ को शिक्षा सेवा आयोग पास गरेपछि गत भदौ ५ गतेबाट यो विद्यालयको हेडसर हुने मौका उनले पाएका हुन् ।

त्यसअधि उनि भूल्केकै पञ्चकन्या उच्च माविमा निमावि तहमा नेपाली बिषय पढाउँथे । २०५४ सालमा निजी श्रोतबाट शिक्षक नियुक्ति भएपछि शिक्षण पेशामा प्रबेश गरेका ढकाल २०६१ सालदेखि अस्थायी दरबन्दी मा पढाउँदै एक बर्षदेखी स्थायी दरबन्दीमा हेडसरको भूमिकामा छन् । बाल्यकालदेखि नै अपाङ्ग भएका ढकालको एउटा खुट्टा चल्दैन ।
उनी बैशाखी टेक्दै बिद्यालय आउने जाने गर्छन् । बैशाखी टेकेरै कक्षा कोठामा जान्छन् । बैशाखी टेक्दै कक्षा कोठाभित्र बिद्यार्थीलाई सजिलै पढाईरहेका हुन्छन् । हस्तलिखित अक्षर होस् या कालोपाटीमा चकले लेख्दा ।

उनको अक्षर आकर्षक र कलात्मक छन् जसले विद्यार्थी खुशी छन् । सजिलै हिंडछन्, डुल्छन् र काम समेत गर्छन् । पढाउँदा अप्ठयारो महसुस भएपनि आफ्नो कर्तब्य पुरा गर्न उनी कत्ति पनि पछि हट्दैनन् । त्यसैले त उनि विद्यालयको प्रशासनिक र कक्षाकोठामै दिनभर घाँटी सुकाईरहेका भेटिन्छन् । यो विद्यालया उनी सहित तीन जना शिक्षक छन् । पाँच कक्षासम्म पढाई हुने यो विद्यालयमा ९० जना विद्यार्थी छन् ।
शारीरिक रुपमा सबल शिक्षक सरह उनी आफ्नो कर्तव्य दिनहुँ पूरा गर्छन् । काठको बैशाखी काखीमा च्यापेका उनी आफ्नो दायित्व पुरा गर्न अन्य शिक्षकको भन्दा कमी हुन दिएका छैनन् । जसले ढकाल यस क्षेत्रका प्रिय गुरु बनेका छन् ।

उनी लगनशील र मेहनती छन् । उनको शिक्षण पेशामा मात्र हैन् गीत, गजल र कबिता लेखनमा पनि उत्तिकै दख्खल छ ।  ढकाल भन्छन् अपाङ्गहरुले पनि अबसर पाए देशलाई योगदान गर्न सक्छन् । ‘राज्यले अपाङ्गलाई अवसर दिए सेवा गर्न सकिन्छ,’ उनी भन्छन् –‘यहाँ अवसरको खाँचो छ ।’

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्