कस्तो छ अागामी आर्थिक बर्षको बजेट ?


 


भोजपुर, असार २९

सरकारले आगामी आर्थिक बर्षको लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट मंगलबार प्रस्तुत गर्दैछ। भूकम्प पछिको पुननिर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित आगामी बर्षको बजेटको स्रोत भने विदेशी सहायता र विदेशी ऋणमा भर परेको छ।

सरकारले एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य बजेटमा राखेको छ। सरकारी स्रोत मार्फत ६ खर्ब १४ अर्ब रुपैंया संकलन गर्ने लक्ष्य बजेटमा समावेश छ।

सरकारी स्रोतअन्तर्गत आगामी बर्षको आन्तरिक ऋण, राजस्व र यो बर्ष खर्च गरेर बाँकी रहेको तथा उठाइएको आन्तरिक ऋण पर्छ।अर्थमन्त्री रामशरण महतले मंगलबार ४ बजे संसदमा बजेट प्रस्तुत गर्देछन्।

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्