बीपीको सपना, दलालको विपना


 


संकेत कोइराला
‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ ।

मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । २००७ सालको क्रान्ति हामीले हिन्दूस्थानबाट सञ्चालन ग¥यौं, तर हामीलाई हिन्दूस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबभन्दा बढी विरोध गरेको छु ।

राजासंग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरुको बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्शहरु छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

बीपी जयन्तीका नाममा कांग्रेसीजनहरु उनको फोटोमा लुकामारी खेल्न व्यस्त छन् । उनीहरुका लागि यो कर्म दिन कटाउने र मानो पचाउने रमाइलो मेसो बनेको छ ।

राजनीतिको खोल ओढेका बुख्याचाहरुले बीपी विचार पैतालामा कुल्चिएर उनको फोटो मास्टर कार्ड बनाएका छन् । बीपीको सपना साकार हुँदो हो त यतिबेला यो देशबाट दैनिक १५ सय युवा खाडी भासिने थिएनन् ।

तिनैले हाड घोटेर पठाएको पैसा चन्दन मानेर रेमिट्यान्सको पूmर्ती लगाउनेहरुले देशको अर्थशास्त्रलाई नर्कशास्त्रमा पु¥याएका छन् ।

दिनको डेढ अरब आम्दानीको लेखो लाएर बसेका तिनीहरुलाई सरकारको बजेटकै हाराहारीमा भारतसंगको व्यापार घाटाले अलिकति पनि पोल्दैन् ।

यताबाट एउटा सामान पठाउँदा उताबाट आठगुना सामान ल्याउनुपरेको उल्टो अर्थशास्त्र कसैलाई विझ्दैन् । त्यही कोदोको ढिंडो र खोलेफाँडोबाट छलिन शहर पसेका कथित भूजा ज्यूनारमा अनुवाद भएकाहरुलाई थाहा हुनुपर्ने हो– अब कोदो, फापर र मस्याङजस्ता कुअन्नको आपूर्ति पनि दक्षिणी छिमेकीबाट हुन थालेको छ ।

सन्कीमा चलेका खाडी देशले कुनै दिन विदेशी कामदार नचाहिने उर्दी गरेका दिन त्यो चुनौती कसरी स्वीकार्ने त्यो सोच कसैमा छैन् ।

खाडीबाट देश भित्रिने पैसाको हिसाव राख्न तँछाड मछाड गर्नेहरु काठको बाकसमा आउने दर्जनौं होनहार युवाहरुको मृत्युप्रति बेखबर छन् ।

दौरा सुरुवालमा ठटिएर हिँड्ने देशका ठूलाहरुले कमाएको पैसा फ्रान्सको वाइन, इँटालीको जुत्ता, पाकिस्तानी ज्याकेट, अमेरिकी आइफोन, सिंगापुरको सपिंग अनि सन्तानलाई अमेरिकी र युरोपेली नागरिक बनाउन खर्च हुने, अनि परिवारलाई तातो जाउलो ख्वाउन घर बन्धकी राखेर गएको एउटा मजदूरले हाइड्रोपावरमा लगानी गरिदिए मुखियाहरु उज्यालोमा बस्ने रे ।

जुँगा ताउ लगाएर कमाएकाहरुको पैसा चाहिं खोटो मोहोर किन ? बीपीको मुखुण्डो लाएका दलालहरुले कुनै दिन राजनीतिक नेतृत्वलाई विदेशबाट आएको रेमिट्यान्सबाट ५ प्रतिशत कांग्रेस, ४ प्रतिशत एमाले, ३ प्रतिशत माओवादी र २ प्रतिशत साना दललाई बुझाउनुपर्ने नियम लगाइदिए भने कसैले आश्चर्य नमाने हुन्छ ।

कुनै पनि पद किनबेचको अभ्यासले मानिसलाई सोचको त्यही गन्तव्यमा पु¥याउँछ । बीपीको समाजवादले जनता धरौटी राखेर नेताको विदेशमा उपचार गर्ने किमार्थ सोचेको थिएन ।

बरु शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको अधिकार स्थापित गर्ने परिकल्पना गरेको थियो । बीपी प्रतिपादित समाजवादी चिन्तनको अक्षरशः व्याख्या गर्ने इमान्दार प्रयास भए, ६ दशकअघि उनले कल्पना गरेको कृषक कृषि फर्मको मालिक हुन्थ्यो । आईफोनबाट बजार खोज्थ्यो । अनलाईनबाट हिसाव किताव हेथ्र्यो ।

घाँटी घाँटीसम्म महेन्द्रमाला कण्ठ गरेका प्रचण्डलाई जनयुद्धदेखि नै श्रीपेचविनाको राजा बन्ने ठूलो धोको थियो । देशका नदीनाला, विमानस्थल, डाँडापाखा आप्mना नामबाट नामाकरण गरिउन भन्ने भोक पनि उत्तिक्कै थियो ।

जनयुद्धताका कम्युन शिक्षाका नाममा किताबको गाता बाहिर आफ्नो फोटो छापिएको किताव बोकाएर स्कुले तिते भुराहरुलाई मुड्की ठड्याउने अभ्यास दुईदिने रामछायाँ नै किन नहोस् , रुकुम– रोल्पाका केही स्कुलमा उनले गराएकै हुन् ।

कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आपैंm मेसिन दुरुस्त हुन्छ भन्ने माओत्सेतुङ कालिन भूत प्रचण्ड अवतारमा ब्यूँझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो ।

तर विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने दीक्षा कार्यकर्तारुपी गोमन साँपले गालामा ठुँग्दा प्रचण्डको चेत खुलेको हुनुपर्छ ।

माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति उनीहरुको धर्म बन्दै आएको छ । फलस्वरुप देश विकासको नारा अन्धाले छामेको हात्तीजस्तै बन्यो । सवै नेपालीका हातमा मोबाइल पुग्यो ।

टेकूको सडक बालकले पुतलीसडकको सडक बालकलाई आप्mना टोलतिर धेरै प्लास्टिक भएको सूचना मोबाइलबाट दिने अवस्था त आयो । तर मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो ।

छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो होइन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्पmत अरबौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हजुरबाको पालादेखिको हलो उही छ ।

गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोक्करमा घोटाला गर्न तम्सने गोठालाहरु बढ्दा छन् । गोरुले खाने चोक्करमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए ।

तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु ? अब त धान रोप्ने समयमा पनि चुनाव, उठाउने समयमा पनि चुनाव भएपछि किसानका लागि कृषिकर्म एकादेशको कथा बन्दै गयो ।

मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला ? कर्ममा हैन, रहरमा नसा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्पm लाग्दैछ ।

समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ । संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन ।

झापाका किसानले धानको बजार नपाएको ललेत्रो गाउनु पर्दैन । धान फलाउने र स्याउ फलाउने आपैंmले आप्mनो आवश्यकताको परिपञ्च मिलाउँछन् ।

वाईवाई चाउचाउ औषधी पसलमा पनि पाइन्छ । रक्सी, वियर र चुरोट तरकारी पसलमा पनि पाइन्छ । यी बस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नून र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको विहेले पनि छेक्छ ।

नातिको पास्नीले पनि विक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन ? हो यी सवैको उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो ।

सत्ता र शक्ति के हो भन्ने विषयमा एउटा महाभारतको प्रसंग । पाण्डुहरु बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाएपनि उनी अन्धा थिए ।

राजा हुनअघिसम्म यो पदलाई उनले पाण्डुहरुको नासोका रुपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए, उनलाई आपूmभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो ।

श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर अत्यन्तै सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख ।

निसन्देह राजनीतिको अन्तिम गन्तव्य भनेकै सत्ता हो । पदले मान्छेलाई महान पनि बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि ।

श्रीपेचले अन्धा धृतराष्ट्रको कलेजो शान्त त बनायो होला तर शक्तिलाई सनक ठान्दा एउटा वंशकै पतन हुनपुग्यो ।

गल्ती गर्नु नभएर गल्ती दोहो¥याउनु चाहिँ जघन्य अपराध हो । आमालाई डो¥याएर मनकामना मन्दिर लैजाँदा माओवादी सिद्धान्तको घनचक्करले आपूmलाई थिच्ने भयले प्रविधिको अवलोकनलाई हतियार बनाएका तिनै बाबुराम अहिले दशैंमा जमरा र तिहारमा दिदीबहिनीले फुटाएको ओख्खरमा आप्mनो दीर्घायुको आर्शिर्वचन थाप्न तयार भएका छन् ।

यो भन्दा खुसीको कुरा के हुनसक्छ ? कुनै व्यक्ति आपैंm संस्कृति र सभ्यताविहीन छ भने त्यसले अरुको संस्कृति कसरी संरक्षण गर्न सक्छ ? नेपालको राजनीतिमा नबुझिएको पहेँली भनेकै यही हो ।

मानिसका बोलीका तीन प्रकार हुन्छन् । एकथरि जीब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरु मन र मस्तिष्कले बोल्छन् ।

नेताहरु तेस्रो खाले हुन सके भने नेताका गालामा हात पुर्याउने पदमबहादुर कुँवर, देवीप्रसाद रेग्मी र प्रवेश बस्नेतहरु पश्चातापको भिक्षा माग्न आउने छन् । कल्पना गरौं त, त्यो प्रवृत्तिलाई माफी गर्दा मनभित्र आउने आनन्द कति उर्जावान होला ।

संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन् । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ ।

बरु देउताको अस्तित्व खोज्न जानेहरु आपैंm देउतासरह पूज्य बनेका उदाहरण छन् । मृत्यु र दुखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राईष्ट बनायो ।

संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र बादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक बाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ ।

हो, घामको ताप र लुगाको न्यानो चाहीँ धर्म हो । हामीले कोरेको भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुत्र्mयाउने काम गर्छ ।

सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको यो राजनीतिक परिवर्तन पनि अन्ततः नयाँ भाँडोमा पुरानो रक्सीकै छनक दिने परिघटना हुन पुगेको छ ।

पहिला एउटालाई पूmलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रुखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाहरुले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरुको झल्को दिने काम गर्दै आएका छन् ।

अहिले हामीसँग खुल्ला आकाश छ, खुल्ला धर्ती छ अझ भनौं सर्वत्र खुल्ला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । राजनीतिक भाषामा भन्दा सिंहदरबारको अधिकार गाउँमा पुगेको छ ।

यी सवै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही शहरी क्षेत्रमा मात्र सीमित छ ।

यिनै कारणले खुल्ला आकाश कतै ट्राफिक जाममा परे जस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहे जस्तो, देशभित्र जनता भएपनि जनताभित्र कतै देश नभए जस्तो अनुभव धेरैलाई भइरहेको छ ।

हो परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । अहिले पनि क्षतविक्षत मन लिएर नेपालीहरु बाँच्न बाध्य छन ।

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ ।

पोखरीको डिलमा उभिएर पोखरी फोहोर भयो भनेर फलाक्दैमा फोहोर पोखरी सफा नभएजस्तै देश विग्रिएको चिन्ता चियाको कपमा पोखेर साम्य हुँदैन ।

त्यसैले भाग्यवादी हैन, कर्मवादी भएर बाँच्ने संकल्प गरेका दिन सबै समस्या आपैंm किनारा लाग्ने पक्का छ । यसका लागि अनेकौं तन्त्रमन्त्रका औंठी भिरेर आपूmलाई भाग्यवादी बनाएका नेताहरुले ती औंठी फुकालेर जनतालाई कर्मवादी भएको विश्वास दिलाउन सक्नुपर्छ ।

गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शब बाहनलाई हतारो हुने देश कुन हो ? कथं कदाचित सामान्य ज्ञानमा यो प्रश्न सोधियो भने दायाँ बायाँ नहेरी भने हुन्छ– नेपाल ।

बिग्रिने र बिग्रन बाँकी केही नरहेको अवस्थालाई मूल्यांकन गर्न नसक्दाको परिणाम हो यो । राजनीतिक बजारमा चलेको ‘नयाँ नेपाल’ को कथित थेगोले मानिसको जीवनशैलीलाई समेत अराजक बनाइदिएको छ ।

त्यसै त राजधानीको उकुसमुकुस त्यसमाथि एक अर्काको मानमर्दन गर्दा ठूलो मान्छे होइन्छ भन्ने मानसिकताले सवै तह र तप्काका समुदायमा बास गरेको छ ।

क्रान्ति भनेको ध्वंश नभई विचारको ताजगी मात्रै हो भन्ने तथ्यलाई कसैले हेक्का राख्न सकेका छैनन् । स्थापित मान्यतालाई पनि भत्काउने नयाँ पनि रोप्न नसक्ने क्रान्ति त पाखण्डको प्रदर्शन मात्र हो । अहिलेको प्रतिस्पर्धालाई त्यो भन्दा माथि उठ्ेको मानिदैन ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्