राप्रपा सरकारमा नजाने, संविधान संशोधन के गर्छ ?



काठमाडौं, साउन १२

राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ ।

राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्ती शाही र नेता दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । तर, पार्टी संविधान संशोधनको पक्षमा भने रहने उनले बताए ।

‘संविधान संशोधनको पक्षमा रहने निर्णय पार्टी बैठकले गरिसकेको छ, यसमा हामी पछि हट्दैनौँ, तर अब सरकारमा जाने सम्भावना भने सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News