कहाँ चुक्यो नेपाली टिम ?


 


nepali-supporter-PNG-v-NEPभोजपुर, साउन १

आयरल्याण्डमा जारी विश्वकप टी-ट्वान्टी छनोट खेलमा नेपालले आफ्नो तेश्रो खेल हारेको छ । तेश्रो खेलमा भोगेको लज्जाजनक हारसँगै नेपालको सन् २०१६ को टी ट्वेन्टी विश्वकप खेल्ने सपना करिव करिव तुहिएको छ ।

पपुवा न्यूगिनीका सामु ब्याटिङ र बलिङ दुवैमा निरिह देखिएको नेपालले दिएको केवल ९४ रनको लक्ष्य केवल १४ दशमलव १ ओभरमा नै पुरा गर्‍यो । नेपाली सपना कमजोर पार्दै नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक २९ रन बनाए।

यस्तै सागर पुन १५, शरद भेसवाकर ११ रनमा समेटिए। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । नेपालका लागि ओपनर सागर पुनले १२ बलमा १५ रन बनाउँदा प्रदीप ऐरी २९ रन बनाए ।

त्यसैगरी शरद भेषवाकर ११, राजेश पुलामी ७, पारस खड्का ५, विनोद भण्डारी ४ रन, सोमपाल कामी ४, ज्ञानेन्द्र मल्लले २ रन र वसन्त रेग्मीले १ रन बनाएर आउट भएका थिए ।

शक्तिशाली आयोजक आयरल्याण्डलाई हराएर आएको पपुवा न्यूगिनी सामू पनि नेपाल निरिह सावित भयो । नेपालले खेलेका हरेक खेलमा ब्याटिङ पक्ष कमजोर देखिएको छ । अवका दिनमा ब्याटिङमा सुधार गर्नुपर्ने क्रिकेट विज्ञहरुको सुझाव छ ।

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्