भरतपुर १९ मा दुई हजार मत गणना, यस्तो आयो मतपरिणाम


 


चितवन, साउन २१
भतरपुर महानगरपालिकाको वडा नं. १९ मा दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली ४१७ मतले अगाडि छन् ।

उनले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्।

रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्।

 

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्