विश्वकप सपना चकानाचुर


 


काठमाडौं, साउन २

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत समुह चरणको  अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएसँगै विश्वकप खेल्ने नेपलाको सपना समाप्त भएको छ। जर्सीसँगको हारसँगै नेपालको सन् २०१६ मा भारतमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्ने सपना चकानाचुर भएको हो ।

नेपालले दिएको १ सय ६ रनको सामान्य लक्ष्य जर्सीले १७ दशमबल १ ओभरमा विकेट गुमाउँदै पुरा गर्यो । नेपालका पारष खड्का र शक्ती गौचनले १–१ विकेट लिन बाहेक अन्य बलर सफल हुन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो ।

निकै खराव सुरुवात गरेको नेपालका लागि ट्वेन्टी ट्वेन्टीमा डेब्यु गरेका सिन्द्धान्त लोहनीले सर्वाधिक २७ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले २६, सरद भेष्वाकरले १६  र पारस खड्काले ११ रन बनाए ।

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्