थप तीन जिल्लामा निःशुल्क इन्टरनेट, कुन-कुन जिल्लामा जडान हुँदैछ ?



internet_2काठमाडौँ, भदौ १८

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम उपयोग गरेर नेपाल दूरसञ्चार प्राधिकरणले छ नम्बर प्रदेशका तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने भएको छ । प्राधिकरणले सुर्खेत, दैलेख र सल्यान जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार तथा इन्टरनेट पुर्याउन सेवा प्रदायकसँग आवेदन माग गरेको छ । आजको गोरखापत्रमा खबर छ ।

प्राधिकरणका अनुसार छनोट हुने सेवा प्रदायकले यी तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटका लागि आवश्यक नेटवर्क विस्तार गर्नुपर्नेछ । नेटवर्कसँगै ती जिल्लाका सार्वजनिक स्थान, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, गाउँपालिका तथा नगरपालिका कार्यालयमा इन्टरनेटसमेत सोही सेवा प्रदायकले नै पुर्याउनुपर्नेछ ।

छनोट भएको एक वर्षभित्रै यो काम सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रदायकले त्यसपछि दुई वर्षसम्मका लागि तोकिएका स्थानमा निःशुल्क इन्टरनेट पनि उपलब्ध गराउनुपर्नेछ । सेवा प्रदायकले असोज २९ गतेभित्र प्राधिकरणमा आवेदन पेस गर्नुपर्नेछ ।

प्राधिकरणले यसअघि पनि देशका दुई दर्जन बढी जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार र इन्टरनेट पुर्याउने प्रक्रिया अघि बढाइसकेको छ । देशैभर ब्रोडब्यान्ड (५१२ केबीपीएस गति) इन्टरनेट पुर्याउने सरकारी योजना अनुसार प्राधिकरणले इन्टरनेट विस्तार प्रक्रियालाई अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News