एनआरएनए जर्मनी अध्यक्षका प्रत्यासी बिजय मोक्तानका यस्ता छन् चुनावी घोषणा पत्र


 


आदरणीय जर्मनी निवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनिहरु
नमस्कार
गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको संस्थापक सदस्य भएको नाताले जर्मनीमा रहने सम्पूर्ण नेपालीहरुको सेवामा सधै आफ्नो तनमन दिदै आइरहेको छु ।

मैले एनआरएनए जर्मनीको नेतृत्वमा नरहे पनि अरु बिभिन्न पदहरुमा रहेर काम गर्ने अवसरहरु प्राप्त गरे २००९ र २०११ को कार्यकालमा कार्यकारी र संस्कृतिक संयोजक, २०११ र२०१३ को कार्यकालमा सल्लाहकार, २०१३ र २०१५ कार्यकालमा बिशिष्ठ संरक्षक भई काम गर्ने मौका पाएको थिए भने मैले सधै आईसीसीको कार्यदल (टास्कफोर्स) मा रहेर काम गरी रहेको छु ।

मैले धेरै पटक एनआरएनए जर्मनीको नेतृत्वमा जाने कोशिस गरेको थिए तर सहमति र सहकार्य गर्दै जादा मेरो लचकता र ईमान्दारिताले मलाई कहिले पनि एनआरएनए जर्मनीको अध्यक्षको पद सम्म पुराउन सकेन ।

मेरो आईसीसी र एनसिसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाएकोले मैले लामो अनुभव संचित गर्ने मौका पाए ।

मैले आज सम्म संचित गरेका र भोगेका बिभिन्न बिषयहरुलाई मेरो चुनावी घोषणा पत्रमा पतिबद्धताका साथ आगामी कार्यकाल २०१७ र २०१९ को मार्गदर्शन हुने छन।

१.प्रारम्भ

क)  एनआरएनए जर्मनीको पंजीकृत सदस्यता विधानले निर्धारण गरेको सबै एनआरएनहरुलाई बनाउने।

ख) एनआरए जर्मनीको निर्वाचन पश्च्यात काठमाण्डौमा आयोजना हुने आठौ विश्व सम्मेलनमा जर्मनीबाट धेरै प्रतिनिधिहरुलाई सहभागी गराई एनआरएनए जर्मनीको नाम उच्च राख्ने।

ग) जर्मनीबाट एनआरएनए आईसीसीमा उम्मेद्वार हुने सबैलाई भरपूर्ण साथ सहयोग र पूर्ण समर्थनका विजय बनाई विश्वको सामु एनआरएनए जर्मनीलाई गर्भित बनाउने।

२. एनआरएनए जर्मनीका मुख्य कार्यहरु

क. एनआरएनए जर्मनीको पहिलो बैठकबाट सल्लाहकार संरक्षक,सबै कार्यदललाई गठन गरी सबैको कार्य बिभाजन गर्ने र प्रबक्ता नियुक्त गर्ने ।

ख. संघको बिधानलाई सुधार गर्न बिधान समिति गठन गर्ने र संघका गतिधि र अभियानलाई गतिरोध तथा बिधान बिपरित गर्नेलाई कारबाहीको लागी अनुशासन समिति गठन गर्ने ।

ग. संघको २ बर्षे कार्यकालको लागि मार्गदर्शन र बिधिबिधानको परिधि भित्र रहेर स्वतन्त्र रुपमा काम गर्न कार्यनिमावाली तयार गर्ने ।

घ. एनआरएनए जर्मनीलाई बैधानिक रुपले काम गर्न नवनिर्वाचित कार्यसमियिको बर्लिन चालोटनबर्गको आम्ट गेरिक्टमा दर्ता गर्ने ।

च. क्षेत्रीय परिषदको निमवाली तयार गर्ने र काम कर्तब्य तथा जिम्मेवारी निर्धारण गर्ने ।

छ. एनआरएनए जर्मनीको अभिलेखको लागि वभसाईडको स्तर उन्नति गर्ने ।

ज. एनआरएनए जर्मनीका अग्रजहरुलाई उचित सम्मान सहित ब्यबस्थापन गरिने र युवाहरुलाई नँया नेतृत्व बिकासको लागी प्रोत्साहन गर्ने ।

झ. हरेक एलसिसीमा नेपाली भाषा र कला संस्कृतिको प्रबर्धनको लागी नेपाली भाषा स्कुल स्थापना गरिने।

ट.  प्रकृति प्रकोप भुकम्प र बाढी पहिरो पिडित र दैविक प्रकोप आगलागी जस्ता घटनाहरुलाई तुरुन्त उद्धार र राहतको लागि आपतकालीन राहत कोषको स्थापना गर्ने।

ठ. नेपालमा निर्माण हुदै गरेको एनआरएनएन भवन र भूकम्प पिडितको लागि निर्माण हुदै गरेको नमुना बस्तीको लागी एनआरएनए जर्मनीले गरको सहयोगमा अझ वृद्धि गरी निरन्तर गरिने।

ड. नया संबिधानमा ब्यबस्था भएको एनआरएन नागरिकतालाई नेपाली नागरिकताको निरन्तरका साथ नेपाली नागरिकले पाउने सबै हक अधिकारहरु प्राप्तिको लागी मेरो २ बर्षे कार्यकालमा आईसीसीसित संयुक्त रुपमा नेपाल सरकारसित पहल गर्ने।

ठ. एनआरएनए जर्मनीका पुर्व अध्यक्ष द्वय पुष्प थापा र हरेन्द्र वनेमको कार्यकालमा ल्याईएको एनआरएन हाउस निर्माणको अवधारणलाई निर्माणको लागी अगाडी बढाउने।

ढ. स्थांपक अध्यक्ष दिल गुरुङ्गको समय देखि एनआरएनए जर्मनीले खेलेको नेपाली समुदायको एकताको नेपाली पहिचानलाई निरन्तरताका साथ मझबुद बनाउने।

ण. एनआरएनए जर्मनीका स्थांपक अध्यक्ष दिल गुरुङ्गको कार्यकालको समय देखी बर्तमान अध्यक्ष नवराज रोस्याराको कार्यकाल सम्ममा अगाडी बढाएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।

त. उत्कृष्ट काम गर्ने एलसीसीलाई सम्मानित गर्ने।

थ. एनआरएनए जर्मनीको बार्षिक खर्चको बजेटींग स्टम बनाउने।

३. युवा तथा नँया पुस्ता

क. युवा तथा नेयापुस्ताको लागी आगामी २ बर्षे कार्यकालमा नया आयाम थपिने छ एनआरएनए जर्मनीमा नँया पुस्ताको आकषर्णको लागि नया कार्यक्रमहरु ल्याईने छ।

ख. जर्मनीको विश्व बिद्यालयबाट उत्कृस्ट तथा उच्च शिक्षा हासिल गर्ने नेपालीहरुलाई शुभकामना सहितको ससम्मान गरिने छ।

ग. युवा उद्यमी, खेल खेलाडी, साहित्यकार,कलाकार,लेखक र प्रफेसनल तथा बैज्ञानिक नेपालीहरुलाई शुभकामना सहित ससम्मान गरिने छ ।

घ. खेलकुद, साहित्य कला संस्कृति तथा कविता बाचन र युवा केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने।

ङ. बिद्यार्थी तथा औउपिअर हरुलाई एनआरएनएको मुलधारमा ल्याउन आईसीसीसित समन्वय गरी विधानमा शंसोधन गर्न पहल गर्ने।

छ. युवा पुस्ता र बिधार्थीहरुको बार्षिक खर्चको लागि बजेट छुट्टाउने।

ज. युवा पुस्ताको सहयोगको लागि अक्षय कोषको स्थापना गर्ने।

झ. युवा संयोजकको संयोजकत्वमा कार्यदल गठन गरी एनआरएनए का अभियानहरु निरन्तर अगाडी बढाउने।

४.महिला बालबालिका तथा वृद्ध

क. महिला संयोजकको संयोजकत्व महिला फोरम गठन गरी एनआरएनए जर्मनीका गतिबिधिहरुलाई अभियानको रुपमा अगाडी बढाउने।

ख. महिला तथा बालबालिका र बृद्धहरुको लागि परोपकारी कार्यक्रम अनुसार एनसिसी तथा एलसिसी र आईसीसीको संयोजकत्वमा बिभिन्न कार्यक्रमहरु गर्ने।

ग. विश्व महिला दिवस, महिलाहरुसित सम्बन्धित हरितालिका तीज र भाईटिका तथा नेपाली प्रचलन अनुसार सबै नेपाली चाड पर्वहरु मनाउने।

घ. महिला जागरण, बालबालिका रेख देख र बृद्धहरुको संरक्षणको लागि एनसिसी प्रोजेक्ट अनुसार कार्यक्रमहरूको आयोजना गर्ने।

च. कार्यक्रमको खर्चको लागि दुईबर्ष़े बजेटको ब्यबस्था गरिने।

५. पर्यटन तथा लगानी र नेपाली उत्पादन

क. पर्यटन नेपालको सबैभन्दा ठुलो उद्योग भएकोले जर्मनी युरोपको ठुलो पर्यटकीय बजार भएकोले यहाबाट नेपालको यात्रामा जाने सबै पर्यटकहरुलाई सन्देश मुलक सूचनाको लागी एनआरएनए जर्मनीले नेपाली दुतावास बर्लिन र पर्यटन दुतहरुको संयुक्त प्रयासमा पर्यटन सम्बन्धि धेरै कार्यक्रम आयोजना गर्ने।

ख. जर्मनीको मुख्य शहरहरुमा नेपाली मेलाको आयोजना गरिने।

ग. जर्मनीमा नेपाली खानाको प्रमोसनको लागी नेपाली खाना प्रबर्धन कार्यक्रमको आयोजना गर्ने।

घ. नेपाली उत्पादनको जर्मनीमा प्रबर्धनको लागी पर्दशनको कार्यक्रमहरु ल्याउने।

६. स्थानीय संघ संस्था

क. जर्मनीमा कार्यरत सबै स्थानीय संघ संस्थाहरु सित कार्यगत एकता ,सहमति,सहकार्य गरी नेपाली समुदायको उत्थान र भलोको लागि काम गर्ने।

ख. सबै संघ संस्थाहरुसित बार्षिक एक पटक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने।

ग. एनआरएनए जर्मनीका सारथी संस्थाहरुलाई सम्मान गर्ने

घ. नेपाली समुदायमा सबभन्दा उत्कृष्ट काम गर्ने संस्थालाई मूल्यांकनको आधारमा उत्कृष्ट सम्मान गर्ने ।

आदरणीय जर्मनीमा रहने सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यहॉहरुको साथ सहयोग र समर्थनले आगामी २ बर्षे २०१७र२०१९ कार्यकालको लागि यी माथि उल्लेखित प्रतिबद्धताहरु मार्गदर्शन र योजना तथा कार्यक्रमहरु हुने छन। धन्यवाद ।

प्रार्थी

विजय मोक्तान

अध्यक्षको उम्मेद्वार कार्यकाल २०१७/२०१९

एनआरएनए, जर्मनी

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्