सप्तकोशी नगरपालिका–१ मा एमालेको प्यानलै विजयी


 


राजविराज, ३ असोज
सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ । निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो ।

वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्