जनकपुर उपमहानगरमा राजपाका लालकिशोर बलियो


 


धनुषा, असोज ४
धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाले आफ्नो अग्रता बढाउँदै लगेको छ ।

राजपाका मेयरका उम्मेदवार लालकिशोर साहले १ हजार ५५१ मत प्राप्त गरेका छन् ।उनलाई ६१५ मतसहित कांग्रेस उम्मेदवार मनोज साहले पछ्याइरहेका छन् ।

त्यस्तै, उपमेयरमा पनि राजपाकै रिता झा अगाडि छन् । उनले १ हजार ७१ प्राप्त गरेकी छन् भने उनलाई कांग्रेस उम्मेदवारले ५१५ मत सहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्