वीरगन्जबाट आयो रोचक परिणाम, कस्को मत कति ?


 


पर्सा, असोज ८
वीरगन्ज महानगरपालिकाको मतपरिणाम थप रोचक बन्दै जान थालेकोे छ । पछिल्लो मतपरिणाम अनुसार फोरमका उम्मेदवार अगाडि देखिएका छन् ।

पछिल्लो नतिजामा फोरमका विजय सरावगीले ९२३२ मत पाएका छन् भने काग्रेसका अजय द्विवेदीले ९१९४ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसबीचको यो मतान्तर ३८ मात्र हो ।

दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ ।

सुरूमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेस र संघीय समाजवादी फोरमले आलोपालो अग्रता लिइरहेका छन् । आइतबार बिहान ६ बजेको मत परिणाम अनुसार कांग्रेसलाई उछिन्दै फोरम नेपालले अग्रता लिएको हो ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ । झन्डै फोरम उम्मेद्वारभन्दा २ हजार मतले कांग्रेसकी उम्मेद्वार अगाडि छन्।

कस्को मत कति ?

संघीय समाजवादी मेयर ९२३२

संघीय समाजवादी फोरम उपमेयर ८६४२

नेपाली कांग्रेस मेयर ९१९४

नेपाली कांग्रेस उपमेयर १०५५८

राजपा मेयर ६४०९

रापजा उपमेयर ५५२१

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्