१२० ठाउँको नतिजा आयो, कस्ले कति जिते, कति छ अग्रता ? (अपडेट)


 


काठमाडौं, असोज ८
प्रदेश नं २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । विहान ९ बजेसम्म भएको नतिजा अनुसार १२० स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ ।

प्रदेश नं २ मा १३६ वटा स्थानीय तह छन् । अब मात्र १६ वटा स्थानीय तहको परिणाम आउन बाँकी छ ।

प्राप्त भएको नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने प्रदेश नं २ मा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्कापक्की भएको छ ।

कांग्रेसले अहिलेसम्म ३६ वटा स्थानीय तहमा जित हासिल गरेका छ भने अझै ६ वटा स्थानीय तहमा अग्रता कायमै छ ।

प्रदेश नं २ मा कुन पार्टी दोस्रो हुने हो अझै टुंगो लाग्न सकेको छैन् । किनभने राजपा, संघीय समाजवादी फोरम र माओवादी केन्द्र तोस्रो हुनका लागि प्रयासरत छन् । मतपरिणामको अन्तिम नतिजाले पनि यी तीन पार्टी लगभग हाराहारीमै देखिन्छन् ।

उपेन्द्र यादवको फोरमले अहिलेसम्म २२ स्थानीय तह जितेर दास्रो पोजिसनमा छ भने एउटा स्थानीय तहमा अग्रता लिइरहेको छ ।

राजपाले २१ वटा तह जितेर तेस्रो स्थानमा आफूलाई उभ्याएको छ भने अझै २ वटा स्थानीय तह लिड गरिरहेको छ । त्यस्तै माओवादी केन्द्रले २० वटा तहमा जित निकालेको छ भने २ वटामा अग्रता छ ।

प्रदेश नं २ नेकपा एमालेले अनपेक्षित परिणाम भोगिरहेको छ । अहिलेसम्म एमालले १५ वटा मात्र स्थानीय तह जितेको छ भने ५ वटामा अग्रता कायम छ ।

त्यस्तै विजय गच्छादारको फोरम लोकतान्त्रिक २, नेपाली जनता दल २ र बाबुराम भट्टराईको नयाँ शक्तिले एउटा स्थानीय तहमा विजयी भएका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्