वीरगन्जमा मतगणना किन अवरुद्ध भयो ?


 


वीरगञ्ज, असोज ८
प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाका क्रममा मतगणकले बदमासी गरेको भन्दै यहाँका दलहरुले विरोध जनाएपछि यतिबेला वीरगन्जमा मतगणना रोकिएको छ । कांग्रेस, राजपा लगायतका दलको विरोधका कारण राती ९ बजेदेखि मतगणना रोकिएको हो ।

असोज २ गते मतदानमा खसेको मतपेटीकाको मुचुल्कामा उल्लेख भएको मत भन्दा मतगणनाको क्रममा बढि देखिएको भन्दै कांग्रेस, राजपासहितका दलहरुले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्