आजको राशिफल


 


आज मिति २०७४ साल असोज ९ गते सोमबार । आश्विन शुक्ल पञ्चमी तिथी । तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना देखिएकाले गोपनीयतामा ध्यान दिनुहोला । पारिवारिक सहयोगले मनोबल बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विश्वास गरेकाहरू टाढिन सक्छन्। पारिवारिक सहयोगले काम गर्ने आत्मबल र हौसला मिल्नेछ। स्थितिमा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीहरुको सहयोग पाइनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। लगनशीलताले पढाइ लेखाइ र आयआर्जनमा लाभ मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा सुधार आउनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । परोपकारी काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विदेश भ्रमणको प्रयत्न सफल हुने समय छ। समाजमा मानसम्मान प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने महत्वपूर्ण काममा सफलता मिल्नेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नाम र दाम हात पार्न सकिने काम मिल्नेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनत गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने रुची बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । पहिलेको सफलताले अध्ययनमा उत्साह जगाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काममा प्रयास गर्दा सफलता मिल्नेछ । भेटघाटले प्रसन्नता दिलाउनेछ । नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । बैदेशिक काममा सफलता मिल्नेछ । मन खुसि हुनेछ ।

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्