कांग्रेस उम्मेदवारका छोराको गोली हानी हत्या


 


रौतहट, असोज ९
रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ । रौतहटको परोहा नगरपालिका–२ स्थित गजिँगडवा बेलविछवामा स्थानीय २५ बर्षीय अबु सयब अकबरको घरमै गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

अकबर परोहा नगरपालिकाको वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मौलाना शेराजुद्धिनका छोरा हुन । उनलाई माओवादी उम्मेदवारले पराजित गरेका थिए ।

छातीमा गोली लागि गम्भीर घाइते भएका अकबरको उपचारका लाागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्