वीरगन्ज महानगरपालिकाको मतगणना के हुँदैछ, कस्ले कति मत ल्याए ?


 


वीरगन्ज, असोज ९
प्रदेश नं २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना कार्य अझै सकिएको छैन् । पछिल्लो नतिजा अनुसार संघीय समाजवादी फोरमले वीरगन्जमा अग्रता लिइरहेको छ ।

फोरमलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । फोरम मेयरका उम्मेदवार विजय सरावगीले १५ हजार ६ सय ३५ मत ल्याएर अग्रता कायमै राखेका छन् भने कांग्रेस मेयरका उम्मेदवार अजय द्विवेदीले १४ हजार २ सय ५७ मत ल्याएका छन् ।

सुरुमा छिनो मतान्तरले अगाडि रहेको फोरमका उम्मेदवार पछिल्लो नतिजासँगै फराकिलो मतान्तर बनाउन सफल भएका छन् । प्रारम्भिक मतपरिणाममा भने राजपाका उम्मेदवार अगाडि थिए । अहिले राजपाका उम्मेदवार राजेशमान सिंहले ९ हजार ५ सय ८२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

एमाले मेयरका उम्मेदवार बसरुद्धिन अन्सारीले ७ हजार ३ सय ३२ मत ल्याएर चौथो पोेजिसनमा छन् भने ७ हजार १ सय २३ मत ल्याउँदै माओवादीका रहबर अन्सारी पाँचौ स्थानमा छन् । ३२ वटा वडा रहेको वीरगन्ज महानगरमा ६७ हजार २ सय ७६ मतगणना भएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्