Deshko News
११ आश्विन २०८०, बिहिबार

प्रदेश २ मा कांग्रेसको अन्तिम जित, बारागढी गापामा काँग्रेस विजयी



कलैया, असोज १०
बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरिन्।

छ वटा वडा रहेको बारागढीमा काँग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा (एमाले) ले पनि दुईवटा वडामा जित हात पारेको छ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News