अामा को हुन् ?


 


९ महीना सम्म आमाले हामीलाई पेटमा पल्छिन । गर्भावस्था भरी वाकवाकी सहन्छिन् । खुट्टा सुन्याई-सुन्याई पेटको छाला तंकिउँजेल सम्म बोक्छिन ।

दुख, पिंडा, आंसू, पसीना, र रोदन सहेर पनि हामीलाई केहि नहोस भनेर ध्यान दिन्छिन् । सिंडी चड्डा गार्हो हुन्छ, जुत्ता लगाउन झुकन सक्दिनंन तैपनि पेटको नानीलाई केहि नहोस भन्ने चाहन्छिन् ।

सूतदा कोल्टे परेर सुत्छिन, पेट भित्र नानीले हानेको लात्तीले उनको निंद्रा बिगरिदिन्छ । पेट भित्र बच्चा चल्दा उनको भोक उड्छ, त्यसपछि मुटु फूटने व्यथा सहेर हामीलाई जन्माउँछिन, हाम्रो नर्स बन्छिन् । छाती को दशधारा दूध चुसाएर हुर्काउछिन ।

हाम्रो भान्से बन्छिन् । हाम्रा लागि नाेकरनी, धोबिनी बान्छिन् । पुलिस बनेर सुरक्षा दिन्छिन्। गुरूआमा बनेर क ख रा शिकाउछिन । डाइभर बनेर घुमाउन लैजान्छिन्, साथी बनेर माया गर्छिन ।

हाम्रो लागि संघर्ष गर्छिन, रुन्छिन्, कराउँछिन्, अरुसंग झगड़ा गर्छिन। खाँदा, पिउँदा, घुम्दा नानी पहिले भनेर बच्चालाई पहिलो प्राथमिकता दिएर मात्र आफु खन्छिन् ।

हाम्रो लागि अहोरात्र खट्छिन, डॉक्टर बनेर स्वस्थ्यको ध्यान रख्छिन । यसको बदलामा केहि माग्दिनन् तर आजका छोरा-छोरीहरु यसको बदलामा बूढाभएका बा-आमा लाई बृद्धाश्रम किन पठाउँछन् ?

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्