विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु


 


लण्डन,  साउन १६jahaj accident

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदा ओसामा बिन लादेनकी सौतेनी आमा र बहिनी हवाई जहाज दुर्घटनामा मृत्यु भएको छ । आफ्नो निजी विमानमा सवार उनीहरुको लण्डनको बाहिरी इलाकामा ल्याण्डिङको क्रममा हवाई जहाज दुर्घटनामा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमे जनाएका छन् ।

शुक्रबार साँझ लण्डन नजिकै ह्याम्पशायर नजिकैको सिमानास्थित ब्ल्याकबुश विमानस्थलमा उनीहरु सवार जेट ल्याण्ड हुँदै थियो । सो क्रममा जेठ रनवेभन्दा नजिकैको ‘ब्रिटिश कार अक्शन’ को पार्किङमा बजारिन पुगेको थियो । दुर्घटनापछि सो क्षेत्रमा आगो लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार सो जेटमा लादेनकी सौतेनी आमा र बहिनीसहित चार जना सवार थिए । सो दुर्घटनामा मृत्यु हुनेमा जोर्डनका पाइलटको पनि मृत्यु भएको छ । लण्डनस्थित साउदी अरब दूतावासले बिन लादनेका परिवारप्रति दुख व्यक्त गरेको छ ।

सात मिलियन पाउन्डको एमब्रायर फेनम–३०० सो जेट जेद्दाहको सलिम एविएशन कम्पनीको थियो । लादेनको परिवार सो जेटलाई निजी काममा प्रयोग गथ्र्यो । उक्त जेट लादेनको दाजुको नाममा दर्ता भएको थियो, जसको १९८८ मा टेक्सासको सेन एन्टोनियोमा हवाई जहाज दुर्घटनामा निधन भएको थियो ।

एजेन्सी

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्