उत्तरी धादिङलाई कसैले हेरेन



२० वैशाख, धादिङ । जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ लगायत आधा दर्जन गाविसमा भूकम्प गएको हप्ता दिन पुग्दा पनि यहाँ उद्धारका कुनै कार्य हुन सकेको छैन । यस भेगमा विशेषगरी तामाङ जातीको बाक्लो बसोबास छ ।

उत्तरी भेगमा पर्ने सेर्तुङ, तिप्लिङ, लापा, झार्लाङ र दार्खामा पूर्णरुपमा घर, गोठ, छाप्रा भत्किएर कति मानिस पुरिए भन्ने यकिन जानकारी समेत प्राप्त हुने सकिरहेको छैन । भूकम्पबाट जोगिएकाहरुले आजसम्म पनि स्थिति बुझ्न कोही नआएको गुनासो गरेका छन् ।

घर, गोठ र छाप्राका भग्नावशेषमा पुरिएर हालसम्म ती गाउँका सबै घर बस्न नै नहुने गरी पूर्ण रुपमा भत्किएको छ । ‘हामी खुला आकाशमुनि बसिरहेका छौं, आजसम्म उद्धारका लागि यहाँ कोही आएका छैनन्,’ स्थानीय मुक्तबहादुर तामाङ भने ।

विशेषगरी सेर्तुङ गाविसमा मात्र करिव ५ सय भन्दा बढी घरधुरी रहेका छन् । सबै घरमा अन्नपात मकै, धान, कोदो लगायतका खाद्यान्न पुरिएका छन् । ‘अन्नपात झिक्न त कता हो कता बस्तुभाउ समेत गोठबाट निकाल्न सकेनौँ,’ उनले भने ।

अहिले सबै अन्नपात पुरिँदा उनीहरु भोकभोकै बस्न बाध्य छन् । ‘जोगिएका केही अन्न तथा चाउचाउ एकछाक खाएर बसिरहेका छौँ,’ स्थानीयवासी दिलिप घलेले भने । उनले भने, ‘के गर्ने ? कसलाई भन्ने ? केही हाम्रा चित्कार सुन्नेवाला छैन,’ ‘राहत त आएन आएन, सरकारको उपस्थिति त भएन भएन, बाँचेकाहरु पनि मर्ने भए,’ उनले रुँदै भने ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News