डुंगा पल्टिँदा २५ जनाको मृत्यु


 


साउन २१

लिबियाको भूमध्यसागरमा डुंगा पल्टिँदा २५ जनाको ज्यान गएको छ । शरणार्थी ओसार्दै गरेको डुंगामा ६ सयजना यात्रु थिए । ४ सय जनाको सकुशल उद्दार गरिएको छ । डुंगा पल्टिादा हराएका १ सय भन्दा धेरैको खोजी भैरहेको विविसीले जनाएको छ ।

खोजीका लागि ४ वटा डुंगा र ३ वटा हेलिकोप्टर प्रयोग गरिएको छ । दुर्घटनामा धेरैजना हराएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यो वर्ष अर्थात सन् २०१५ मा भूमध्यसागर हुँदै युरोप जाने क्रममा २ हजार भन्दा धेरै शरणार्थीको ज्यान गएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्