रातभरी कुरा गर्दा २० रुपैयाँमात्र


 


काठमाडौं, साउन २४

प्रिपेड स्काइ मोबाइलमा रातभरी कुरा गरे २० रुपैयाँ मात्र लाग्ने नेपाल टेलिकमले जनाएको छ। राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि कर बाहेक २० रुपैयाँ मात्र तिर्नुपर्ने उसले जनाएको छ ।

यस्तो प्रकारको सेवा लिनका लागि सिडिएमए प्रिपेड सेवाका ग्राहकले मोबाइल बक्समा गई नाइट टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्