भोलिदेखि नेपाली बजारमा आउने आइफोन टेनको मूल्य कति छ ?


 


काठमाडौं, मंसिर १४
नेपाली आइफोन प्रयोगकर्ताहरुका लागि भोलिदेखि आइफोन टेन नेपाली बजारमै उपलब्ध हुने भएको छ ।

नेपाली बजारमा ६४ जिबीको आइफोन टेनको मूल्य १ लाख ३८ हजार २५६ जिबीको १ लाख ५९ हजार मूल्यमा उपलब्ध हुने नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेशन प्रा.लिले जनाएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन शुक्रबारदेखि नेपालमा विक्रि गर्न लागेको हो ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्