फेरी घट्यो सुनको भाउ, कतिमा झर्यो आज ?

काठमाडौं, पुस २६
केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ पुगेको छ ।
हिजो सुन ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ ।
आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २६ पुस २०७४, बुधबार
















