कति छ आज सुनको मूल्य ? हेनुहोस्

काठमाडौँ, पुस २७
नेपाली बजारमा आज फेरी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुनको मूल्य घटेर प्रतितोला ५६ हजार रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि आज फेरी ५ रुपैयाँका दरले बढेको छ ।
हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयामा कारोबार भएको थियो भने आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २७ पुस २०७४, बिहिबार
















