यसरी सुरु भयो नागको पूजा गर्ने चलन


 


nag panchamiकाठमाडौं, भदौ २

आज देशैभर हिन्दुपरम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा सहित नागपञ्चमी पर्व मनाईदैछ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजागरी  दुध र लावाको नैवैद्य चढाई घरको मुल ढोकामाथि टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको पनि डर नहुने धार्मिक मान्यता छ ।

गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्ने गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालको नागदह, धापाखेलको नागदहलगायत ठाउँमा विशेष मेला लागेको छ ।

नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।  एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण  परिवारलाई डस्दा सबैको मृत्यु भएछ ।

त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्