परदेशिएकी आमाले छोरीलाई लेखेको एउटा हृदयविदारक चिठी


 


प्यारी छोरी गुनगुन, हर पलको सम्झना, अनि मुटु भरिको माया । कसै न कसैको मद्दतले मेरो यो पत्र तिमी समक्ष पुग्ने छ भन्ने आशा लिएको छु । बाध्यताले भनौं या परिस्थितिले मलाई तिमीबाट अलग बनायो । आज सात समुद्र पारी तिम्रो सम्झनामा बेहाल अवस्थामा आँखाबाट आशुको भेल बगाउदै तिम्रै लागि दुइ–चार शब्द लेख्ने जमर्को गर्दैछु ।

मेरी छोरी गुनगुन, अहिले तिमी ज्ञान् ज्योति पब्लिक हाइस्कुल दाङ तुल्सिपुरमा कक्षा ६ मा पढ्दै छौ भन्ने जानकारी मलाई छ । कस्तो अवस्थामा छौ । खाकी छौ या भोकै छौ केही जानकारी पाउन सकिन । जब तिमी र म अलग भएका थियौँ । त्यतिखेर तिमी ७ बर्षकी र ३ कक्षामा पढ्दै थियौ । किन र कसरी हामी अलग भयौं त्यो समयले तिमीलाई पछि बताउने छ । अहिले तिम्रो कलिलो मस्तिष्कमा म केही भर्न सक्दिन ।

प्यारी छोरी,

सन्तानबाट टाढा रहेर बाच्नुको पीडा सायद तिमीले अहिले बुझ्ने छैनौ । एउटा आमाले आफ्नो प्राण भन्दा प्यारो सन्तानलाई चटक्कै छोडेर त्यसै हिड्दैन । त्यो अभागी आमा हुँ म छोरी जसको पोल्टाभरी सन्तान को माया भएर पनि लुकाउन अनि देखाउन सकिन । वस् तिमी यदि बुझ नानू……!!!

त्यति बेला तिम्रो अभागी आमा बेसहारा थी जसले तिमीलाई सहारा दिन सक्ने अवस्थामा थिएन । घाइते शरीर टुक्राटुक्रा भएको मुटु, तिरस्कार, अपमान र घृणित लचार थी । जो माथी शारीरिक र मानसिक यातना सहनै नसक्ने अवस्थामा बर्सिएको थियो ।

मृत्यु बाहेक अरु सबै बाटो बन्द गरिएको थियो । जीवनलाई चुनौतीपूर्ण रुपमा लिएर बाच्न खोज्दै छु, सायदै यहि मेरो ठूलो भूल होला । म त्यही दिन मरेको भए सायद किस्सा नै खतम हुन्थ्यो होला । बाचेर आज विभिन्न लाल्छना को सामना गर्दै छु । मुना परदेशिने बेलाकी उनकी छोरी छोरी गुनगुन, तिमी करोडपति बाबा कि एक्ली छोरी हौ । तिम्रो भिखारी आमासँग त्यति बेला तिमीलाई खान दिन न एक गाँसको जोहो थियो, न त बास र लत्ताकपडा नै अनि शिक्षा झनै परको कुरा थियो ।

म तिम्रो आमा हुँ छोरी, तिमीलाई अनेकौं प्रकारका ठक्कर खुवाउन सडकमा ल्याउन सक्दिन थें । तिमीबाट टाढा हुँदा म कति रोएको थिएँ त्यो एउटा विवस आमाको आँखामा देख्न सक्छौ । जीवनका सबै ढोका बन्द भए पछि वैदेशिक रोजगारलाई अगाल्ने निर्णय लिएँ । बिदेश जानु भन्दा पहिले एक पटक तिमिलाइ भेट्न चाहान्थें । अघाउन्जेल तिमिलाइ हेर्न चाहन्थें । माया गर्न चाहान्थें । तिम्रो घरमा गएर भेट्न् सक्ने अवस्था थिएन त्यसैले तिम्रो स्कुलमा गएको थिएँ ।

तर, प्रिन्सिपल सरले तपाईं (आमा)लाई भेट्न नदिनू भन्ने आदेश छ भन्नू भयो । म रूँदै धेरै बिन्ती गरेँ । तर, प्रिन्सिपल सरले हामीलाई अप्ठ्यारो पर्छ मेडम सरी भनेपछि निराश भएर फर्किनु बाहेक म सँग विकल्प रहेन । सायद तिम्रो शिक्षक शिक्षिकाबीचमा मेरो परिचय एक अपहरणकारीको रुपमा गराइएको थियोे ।

त्यसैले त एउटा आमालाई उसको सन्तान सँग भेट्न दिइएन । जो सँग पावर र पैसा छ त्यो नै शक्तिशाली रहन्छ त्यसको पछाडि दुनियाँ दगुर्छ । बिदेश आउने दिन आफ्नो मनलाइ समाल्नै नसकेपछी तिम्रो घरको लेनलाइनमा फोन गरें ।

मेरो अहोभाग्य तिमीले नै फोन उठायौ । तर, मेरो आवज चिने पछि अब फोन नगर्नु भन्दै राखीदियो । कम्सेकम हिड्ने बेला तिम्रो बोली सुन्न पाएँ । त्यो नै मेरो लागि ठूलो कुरा थियो । केही शक्ति पाए जस्तो लाग्यो । मनलाई समालेर अगाडि बढेँ । केही समय पछि मैले पठाइएका सामनाहरु तिम्रै हातले आगो लगाइयो भन्ने सुनेँ ।

बाटोमा हिड्ने कसैले तिमीलाइ मेरो नाम लिइ तिमी फलानिकी छोरी हौ नि भन्दा होइन भन्छौं रे । सन्तानले जतिसुकै घृणा गरे पनि आमाको मन भित्र सन्तानका लागि मात्र माया हुन्छ । छोरी, तिमीले रुप बैँस र पैसा नभएको आमाको साटो रुपले धपक्क बलेकी कलिलो बैँसले छोपेकी खान्दानी आमा पाएकी छौ ।

त्यसैले तिम्रो बाल मष्तिष्कलाई कठोर कनायो होल ! मलाइ कुनै गुनासो छैन । छोरी, उमेरले भर्खरै १० वर्ष लागेकी तिमीलाई के नै थाहा छ र ? तिम्रो कलिलो मानसपटलमा जे भरी दियो तिमीले त्यसै गर्दै छौ । कहिलेकाही सपनामा तिमीलाई देख्छु । तिमी म सँग रमाएको बेला कोही आएपछि रुँदै तिमी भागेको देख्दा ऐठन पार्छ, छाती फुट्ला जस्तो गरी दुख्छ । झसङ्ग बिउँझदा आँखाभरी आशु हुन्छ ।

आज म परदेशमा दिन रात नभनी दुःख गर्दैछु । बस्नलाई एउटा सानो घर जहाँ मेरी छोरीसँग म हुनेछु । संसारको हर खुशी तिम्रो पोल्टाभरी हुनेछ । तिम्रा हर चाहना र खुशी पूरा गर्ने सपना बोकेर बसेको छु ।  पहिलो पटक यसपली छुट्टी जाँदा मनमा अनेकौं सपना सजाएर तिम्रो लागि अनेकौं उपहार लिएर जब तिमीलाइ भेट्न गएँ । तब तिमी मलाई देखेर भाग्यौ । धेरै पटक तिमीलाई भेट्ने मेरो अनेकौं प्रयास असफल भए ।

तिमी मेरो नजिक नै परिनौ । पछी कसैबाट सुनेँ तिमीलाई म सँग नभेट्न धम्की दिइएको छरे । म सँग भेटेमा तिमीले ठूलो सजाय भोग्नु पर्छ रे। कसरी दिन सक्छु मेरो कारणले तिमीलाई सजाय भेग्न । तिमिले सजाय भोग्न नपरोस् भनी टाढा बसेर तिमीलाइ हेरेँ । उमेरले १० पुग्दा नपुग्दै तिमीले भोग्नु परेको पीडा सारै दुःखद छ नानू । तिम्रो आमाको मायालाई तिम्रो दिमागमा भरी दिएका घृणा तिरिस्कार र अपहेलनाले जितिरहेको अवस्थामा छ । गलत परिचय गराइएको छ ।

तिम्रो कलिलो दिमागमा तिम्रो आमा प्रतिको मायाको मुना नै निमोठी दिएर जरा नै उखेली दिइएको छ । तर, मलाई पूरा विश्वास छ छोरी, आज हामी जे जस्तो परिस्थितिमा भएपनी हाम्रो मिलन अवस्य हुनेछ । तिमी एकदिन ठूली हुनेछौं । वास्तविकतालाई नजिकबाट नियाल्ने छौ । गाउँ घर आफन्तबाट तिम्रो आमाको सहि परिचय पाउनेछौ । तिम्रो बाल मानसपटलमा तिम्रो आमा प्रति विष घोल्नेलाई सायद यो थाहा छैन होला आमा त्यो ध्रुव सत्य कुरा हो जो फेर्न अनि बदल्न मिल्दैन ।

जतिसुकै कालो रात भएपनी बिहानी उषाको किरणले त्यसको चीरहरण गरी निस्कन्छ । त्यसै गरी एक दिन सत्यको विजय हुनेछ । अनि हाम्रो मिलन हुनेछ । मुना रिजाल मुना रिजाल सोचेको थिएँ तिमिलाइ मेरो विरुद्ध बनाउनेले हर सुखसयल दिएर तिम्रो आमा भुलाएका छन् । एक दिन तिम्रो घरमा कोही नभएको मौक छोपी त्यही बाटो भएर तल झर्दै थिएँ ।

तिमी घोप्टोे परेर भाँडा माझ्दै रैछौ । तिम्रो आमा बिरुद्धको मिसन सँगै तिम्रा कलिला हातमा चुलो चौको र जुठो भाँडा थमाइएको रैछ । करोडपति बाबा की छोरी भएर पनि तिमीले लगाएका कपडा भिख मागेर लगाए जस्तै थियो । तिमीलाई सुुखमा राख्लान भनेर मैले एक सुख नलिएर हिँडे । आज तिम्रो त्यो अवस्था देख्दा मुटु छिया छिया परेर आउँछ । तिमीले मलाई जति घृणा गरे पनि, जती वचन लगाए पनि तिमी प्रति मेरो मनमा माया बाहेक अरु केही छैन छोरी ।

छोरी, दश महिना गर्भमा राखेर जन्म दिने आमा हुँ म । तुल्सिपुर घोराहीका हस्पिटल हुँदै नेपालगन्ज सम्म अक्सिजनको सहारा लिएर जीवन र मृत्युसँग पैँठाजोरी खेल्दै पाँच दिनको प्रसव पीडापछि तिमीलाइ धर्ती देखाउने आमा हुँ म । दश धारादुध पिलाउँदै हुुर्काउने आमा हुँ म । तिमी निमोनियाले ग्रसित पार्दा रातभरी तिमीसँगै छट्पट्टिदैं रुने आमा हुँ म । तिम्रो शरीरमा सुइ लगाएको देख्न नसकेर चिच्चाउँदै भुइँमा पल्टिएको आम हुँ म ।

तिमीलाई टुकुटुकु हिंड्न सिकाउने, तोते बोलीमा आवाज दिने, तिम्रो हर खुशीमा रमाउने, तिमिलाई पहिले अक्षर सिकाउने आमा हुँ म । आज म जहाँ रहे पनि मेरो मुटुमा मात्र तिमी छौ । तिमीलाई सम्झेर नरोएको एक पल छैन । खाना खाने समयमा तिमी भोकै छौ कि जस्तो लाग्छ । मुखमा खान पुग्नु अघि आँसु पुगेको हुन्छन् । मेरो अवस्थामा जो कोही हुन्थे भने त्यो मरी सक्थ्यो होला । आमा नहुँदाको पीडा मैले भोगी सकेको छु । त्यो बाटो म गुज्रिसकेको छु ।

म त्यो पीडा तिमिलाई दिन चाहन्न । त्यसैले पनि जस्तोसुकै परिस्थितिमा पनि बाच्ने कोशिश गर्दैछु । तिमीलाइ सधै सुखी अनि खुशी देख्न चाहाने तिम्रो अभागी आमा मुना रिजाल तुल्सिपुर नगरपालिका–६ मदन नगर, दाङ हाल युएई (दुवई)

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्