वीरगञ्जमा जन्मियो अनौठो बच्चा, नाक नभएको, एउटा मात्र आँखा !


 


काठमाडौ, माघ ९

वीरगञ्जमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् ।

वीरगञ्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूति गराउन भर्ना भएकी एक रौतहटकी महिलाले सोमबार नाक नभएको, आँखा एउटामात्र भएको तर राम्रोसँग विकास नभएको अनौठो बच्चा जन्माएकी हुन् । शिशुको हात खुट्टा भने ठिक छ ।

उनलाई रौतहटबाट रिफर गरेर वीरुगञ्ज लगिएको थियो । ती गर्भवती महिलाको पाठेघरको मुखमा बच्चाको सालले छोपिएको र रगत बगिरहेको अवस्थामा त्याहाँ आईपुगेको उपचारमा संलग्न चिकित्सक डा. रमोला साहले बताउनुभयो ।

प्रसुति गराउन आएकी ती महिलाको पाठेघरको मुखमा बच्चा नभेटिएर सालमात्रै भेटिएको उनले बताईन् ।

‘पाठेघरको मुखमा बच्चाको सालमात्रै भेटिएपछि आमाको स्वास्थ्य अवस्था जोखिममा रहेकाले हामिले आमालाई बचाउन तुरुन्त अप्रेसन गर्यौ ।

अप्रेसन गरेर बच्चा निकाल्दा बच्चाको एउटामात्रै आँखा थियो,नाक पनि थिएन, ओठमात्रै विकासभएको थियो ।’ प्रसुतीमा संलग्न डा.साहले भनिन् ।

अहिले बच्चालाई एनआइसियुमा राखिएको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको साहले बताइन् ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्