पार्टी एकताबारे प्रभावकरको खुलासा, औपचारिकता मात्रै बाँकी



सुर्खेत, माघ २३

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो ।

प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।”

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।”

माघ २५ गते मुख्यमन्त्रीको टुङ्गो लाग्ने निश्चित 

पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताउँदै यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उहाँले जानकारी दिनुभयो ।

कर्णाली सुनको डल्ला हो, कालिगढको आवश्यक छ 

गरिब नागरिकको भूमिका रुपमा परिचय दिइएको ६ नं प्रदेशलाई नेता शर्माले सुनको डल्लाका उपमा दिनु भएको छ ।

“प्रदेश नं. ६ सुनको डल्ला हो, गहना बनाउने कालिगढको आवश्यक छ, त्यसको भूमिकामा प्रदेश नं ६ को सरकार रहुनुपर्दछ र हामी पनि तम्तयार हौँ,” उहाँले भन्नुभयो ।

नेता शर्माले भन्नुभयो –“ ५२ प्रतिशत गरिबी, न्यून प्रतिव्यक्ति आय, कम औसत आयु भएको प्रदेशलाई सम्पन्न बनाउनु चुनौतीपूर्ण त छ नै तर पनि यसलाई सामना गरी अघि बढेर धनी प्रदेशमा रुपान्तरण गर्न दृढ संकल्पित छौँ ।”  रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News