अाजको राशिफल


 


अाज मिति वि.२०७२ साल भाद्र ११ गते शुक्रबार, इ स २०१५ अगष्ट २८ तारिख, नेपाल संवत् ११३५ दिल्लाथ्व, श्रावण शुक्लपक्षको चतुर्दशी तिथि । शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। तपाईको अाजको राशिफल हेर्नुहोस्

मेष (चुचेचोलालिलुलेलोअ) Aries :

नोकरी तथा व्यवसायमा लाभ संगै पदोन्नतिको सम्भाबना देखिन्छ,प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नेछ,नया योजना बनाएर अगाडी बढिने चाजो पाजो मिल्नेछ,पढाइ लेखाइमा भने समय दिन नसकिएला,समयको ब्यबस्थापन गर्नसके सुखमय र उन्नति दायक दिन रहनेछ ।

वृष (इवाविवुवेवो) Taurus :

मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ,धार्मिक क्षेत्रको यात्रा सम्भाबना देखिन्छ,भाग्य स्थानमा शुभ ग्रहको सकारात्मक प्रभाब रहनाले चिठ्ठा जस्तै आकस्मिक लाभको सम्भाबना पनि देखिन्छ,धैर्यता भने कमजोर हुनेछ,अरुले गरेका खराब कामको अपजश आइलाग्न सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (काकिकुकेकोहा) Taurus :

जोश जाँगरमा कमि आउनेछ,आलस्यताले शरीरलाई बन्धक बनाउन सक्ने देखिन्छ,शारीरिक र मानसिक कष्टले मनोबल कमजोर बनाउनेछ,साबधानी पुर्बक अगाडी बढ्नुहोला,कुल कुटुम्बमा खटपट आउन सक्छ,आमा बुबाको आशिर्बाद लिएर मात्र अगि बढ्नुहोला ।

कर्कट(हिहुहेहोडाडिडुडेडो) Cancer :  

ब्यापार व्यवसायमा प्रागति यथावत रहेनेछ,पढाइ लेखाइमा अल्छी पन हाबी हुनेछ,रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,पुराना साथि संगी संगको भेटघाटको अवसर जुर्नेछ,साझ पछिको समय कमजोर छ असावधानीले धनमाल तथा बहुमुल्य बस्तु हराउन सक्ने देखिन्छ ।

सिंह (मामिमुमेमोटाटिटुटे) Leo :

प्रणय सुत्र अझ बलियो बन्नेछ,मनमा सुविचार आउनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ, शत्रु पक्षबाट भने चनाखो रहनु पर्ने देखिन्छ,कुरा काट्नेहरु फेरी सक्रिय हुन सक्छन,बैदेशिक क्षेत्रबाट मनग्य लाभ मिल्नेछ,लामो दुरीको यात्रा सम्भाबना देखिन्छ ।

कन्या (टोपापिपुपेपो) Virgo :

पढाइ लेखाइमा उल्लेखनीय सुधार आउनेछ,स्वास्थ्यले भने खासै साथ दिन नसक्ने देखिन्छ,जग्गा जमिनको कारोबार फाइदा जनक रहनेछ,खेलकुदमा सोचे अनुरुप प्रगति गर्न निकै ठुलो मेहनत गर्नु पर्ने हुन्छ,साहित्यिक क्षेत्र भने निकै राम्रो देखिन्छ ।

तुला (रारिरुरेरोतातितुते) Libra :  

राम्रै सोचका साथ गरेका काम र कुराले आज उल्टो अर्थ दिलाउन सक्छ,कुटनीतिक क्षमतामा ह्रास आउनेछ,सवारी साधनबाट चोटपटकको सम्भावाना देखिन्छ,साँझ पछिको समय केहि सुधारोन्मुख रहनेछ,बुध्दी बिबेकले सहि काम गर्नेछ,आर्थिक कारोबार सुध्रिनेछ।

वृश्चिक (तोनानिनुनेनोयायियु) Scorpio :

प्रतिस्पर्धात्मक समय रहनेछ,खेलकुद क्षेत्रमा अपेक्षित सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ,आम्दानि र खर्चको सामजस्यता नमिल्दा खासै सफलताको अनुभूति गर्न सकिन्न, अस्वस्थता, आलस्यता संगै आरोप प्रत्यारोपको सामना गर्नु पर्ने हुन सक्छ ।धनु (येयोभाभिभुधाफाढाभे) Sagittarius :

संचित धनको क्षय हुन सक्छ,बोलीले ठिक्क पार्ने तर काम बिगार्ने व्यक्ति देखि साबधान रहनु होला,प्रेम सम्बन्ध मिठासपूर्ण रहनेछ,बिस्वासिला भनिएका आफन्तबाट अन्तर्घात हुन सक्छ,छिटो आक्रोसित हुदा काममा बिध्न आउन सक्छ,संयमित रहनु होला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:

सामाजिक सहयोगको भाबना जागृत हुनेछ,दिन-दुखीको सहयोगमा मन रमाउनेछ,मान्यजनको आशिर्बाद मिले संगै काममा निकै सुधारको आभास हुनेछ,धन सम्पति संचय गर्न सकिनेछ, बहुमुल्य रत्न तथा गर-गहनाको प्राप्ति हुनेछ,बोलीको सामर्थ्य बढ्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा) Aquarius :

आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आज बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक झमेला बढ्नुको साथै अनाबस्यक रिसले आफैलाई हानि गर्नेछ,गरिरहेको काममा अबरोध आउन सक्छ साँझबाट समयमा निकै सुधार आउनेछ।

मीन (दिदुदेदोचाचि) Pisces :

आर्थिक उन्नति संगै आफन्तबाट सहयोगको अपेक्षा हुनेछ,मिष्ठान्न भोजनमा सरिक भइनेछ सामाजिक र राजनैतिक क्षेत्रमा प्राप्त सम्मानको सदुपयोग गर्न गार्हो पर्न सक्ने देखिन्छ,पशुजन्य व्यवसायमा उन्नति मिल्नेछ,स्वास्थ्यमा भने केहि खराब परिणाम देखिन सक्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्