नेपाल हङकङविरुद्ध पाँच विकेटले विजयी, एक दिवसीय मान्यता पाउने सम्भावना कायमै


 


काठमाडौं, फागुन २८
आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गर्दै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना पनि कायमै राखेको छ ।

जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए ।

उसको २६ रन हुँदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । त्यसपछि हङकङको स्कोर ५३ रन हुदा बाबर हायातलाई सोमपाल कामीले पेभेलियन फर्काए ।

लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो । सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन आउट गरे । एक सय १० रनमा ८ विकेट गुमाएको हङकङका लागि अन्तिममा इसान नवाज र इसान खानले ३३ रनको साझेदारी गर्न सफल भए ।

इसान खानले २५ तथा इसान नवाजले १४ रनको योगदान गरे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २(२ विकेट लिए ।

जवाफमा नेपालले ४० ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ४१ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो । नेपालका अनिल शाहले २६ ज्ञानेन्द्र मल्ल र दिपेन्द्र एरीले समान १२/१२ रन बनाए ।

तर रोहित पौडेल र सोमपाल कामीले ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहितले अविजीत ४८ रन बनाए भने सोमपालले ३७ रन बनाए । नेपालको जीतसँगै अफगानिस्तानले समूह बी बाट सुपरसिक्समा पुगेको छ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

समुह ए बाट पनि युएई आयरल्याण्डसँग पराजित भएपछि एकदिवसिय मान्यताका लागि ३ देशको दावेदारी रहेको छ । जसमा नेपाल युएई र हङकङ छन । अब सातौ स्थानको प्लेअपका लागि यी ३ टिमविच प्रतिस्पर्धा हुनेछ भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् ।

 

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्