चोर्न पाउनुपर्ने भन्दै इन्धन व्यवसायी आन्दोलित !


 


बिर्तामोड, चैत २
ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ ।

बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । अन्नपूर्णमा खबर छ ।

ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघि मंगलबारदेखि ढुवानी अवरोध गरेका हुन् ।

ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ । ‘इन्धन ढुवानी व्यवसायीबाट सहयोग पाएका छैनौं,’ कार्यालय प्रमुख सनम कार्कीले भने उनीहरुले ट्यांकर नकुदाउँदा यस्तो भएको हो ।’

आपूर्ति रोकिंदा झापाका अधिकांश प्रेटोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका प्रेटोलियम पदार्थ बिहीबार पनि बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिंड लागेको थियो ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्