अाज पनि बिहानै ४.४ म्याग्निच्यूटको पराकम्पन


 


काठमाडौं, भदौ १६

बुधबार बिहानै ४.४ म्याग्निच्यूटको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान ४ः५१ मा पराकम्पन गएको हो ।

गत वैशाखकै भूकम्पको पराकम्पन आउने क्रमको निरन्तरतास्वरुप बुधबार बिहान पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत बैशाख १२ को भूकम्प यता ४ म्याग्निच्यूट माथिका ३८८ वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्