आज आइपीएलमा सन्दिप लामिछाने डेब्यु गर्दे


 


काठमाडौं, बैशाख २९
आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्ने भएका छन् । उनलाई आज दिल्ली डेयरडेभिल्सले मैदानमा उतार्दैछ ।

दिल्ली र रोयल च्यालेञ्जर्स बेंग्लोर बीच नयाँदिल्लीको फिरोज शाह कोटला साँझ ८ः१५ बजे मैदानमा खेल हुँदैछ ।

उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्