नेपाली फुटबलका पूर्वकप्तान मणि शाहको निधन, जो फूटबलका मणि नै थिए


 


काठमाडौं, वैशाख ३१
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको आज ५१ वर्षको उमेरमा निधन भएको छ ।

कलेजो सम्बन्धी रोगबाट ग्रसिमत शाहको बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

वि.सं. २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका मणीका बुवा स्वर्गीय लक्ष्मणबिक्रम शाह पनि खेलाडी नै थिए । एथ्लेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी बुवाको सन्तान भएकाले मणी सानो छँदादेखि नै घरमा खेलको वातावरण थियो । बुवाकै प्रेरणाले खेलमा लागेका थिए ।

एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।

मणीले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा १७ वर्षको उमेरमा उनले राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्