भोजपुरमा साथीले चलाएको बन्दूकको छर्राबाट मृत्यु


 


भोजपुर, जेठ २५

आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।

आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको हो ।

राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई भरुवा बन्दूक लिई सोही गाउँपालिकाको इकुवा खोलामा शिकार खेल्न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

बन्दूक चलाउने हर्कबहादुरलाई स्थानीयवासीको घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । एक नाले भरुवा बन्दूकसमेत बरामद गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्